तनहुँमा ट्याक्टरले च्यापिएका चालकको उद्धार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा ट्याक्टरले च्यापिएका चालकको उद्धार

    खबरपुञ्ज संवाददाता

    ७ चैत्र २०८२, आईतवार

    दमौली, ८ चैत । तनहुँको व्यास नगरपालिका-४ बिरालेटारस्थित भित्री सडकखण्डमा आइतबार साँझ ट्याक्टर दुर्घटना हुँदा चालक घाइते भएका छन्।

    आइतबार अपराह्न करिब ५:३० बजेको समयमा ग १ त ६७४९ नम्बरको ट्याक्टरमा पछाडिको ढाला जडान गर्ने क्रममा सवारी आफैं अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा चालक च्यापिएको अवस्थामा रहेको खबर प्राप्त हुनासाथ जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँबाट प्रहरी निरीक्षक प्रदीप थापाको कमाण्डमा १० जनाको टोली तत्काल घटनास्थलतर्फ खटिएको थियो।

    उक्त टोलीले अन्य निकायहरूसँग समन्वय गर्दै जिल्ला प्रहरी कार्यालय तनहुँबाट थप १० जना र कालीभञ्जन गणबाट २० जनाको टोली परिचालन गरी संयुक्त रूपमा उद्धार कार्य गरेका थिए। सबै निकायको समन्वित प्रयासमा घाइते चालकलाई सकुशल उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएको छ।प्रहरीका अनुसार घाइतेको अवस्था मध्यम रहेको छ।