केपी ओलीको रिहाई माग गर्दै तनहुँमा सिडिओमार्फत् ज्ञापनपत्र बुझाइयो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    केपी ओलीको रिहाई माग गर्दै तनहुँमा सिडिओमार्फत् ज्ञापनपत्र बुझाइयो

    खबरपुञ्ज संवाददाता

    १४ चैत्र २०८२, आईतवार

    दमौली, १५ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँले पार्टी अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै जिल्ला प्रशासन कार्यालय तनहुँमा ज्ञापनपत्र बुझाएको छ।

    एमाले तनहुँका अध्यक्ष हरिराज कंडेल नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो।

    ज्ञापनपत्रमा पूर्व प्रधानमन्त्री ओलीलाई गैरकानूनी ढंगले थुनामा राखिएको उल्लेख गर्दै तत्काल रिहाइ गर्न माग गरिएको छ। साथै, समयमै रिहाइ नगरिए त्यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी सरकार स्वयंले लिनुपर्ने चेतावनी एमालेले दिएको छ।

    एमाले तनहुँले यस विषयलाई गम्भीर रुपमा लिएको जनाउँदै आवश्यक परे थप आन्दोलनका कार्यक्रम अघि बढाउने संकेत समेत गरेको छ।

    उक्त कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य केदार सिग्देल, नेताहरु प्रतापलाल श्रेष्ठ, एकबहादुर राना लगायत सहभागी थिए ।