पृथ्वी राजमार्गको कमलाबारीमा कार दुर्घटना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पृथ्वी राजमार्गको कमलाबारीमा कार दुर्घटना

    खबरपुञ्ज संवाददाता

    २५ चैत्र २०८२, बिहीबार

    दमौली, २६ चैत । तनहुँको व्यास नगरपालिका–१२ कमलबारीस्थित पृथ्वी राजमार्गमा बिहीबार साँझ कार दुर्घटना भएको छ।

    दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको प्र.३-०१-०२४ च १६५६ नम्बरको कार आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको हो।

    दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। दुर्घटनाग्रस्त कारलाई साँझ ६:४५ बजे उठाई मर्मतका लागि दमौलीतर्फ लगिएको बताइएको छ।