गण्डकीमा बिहीबार थपिए ३८ सङ्क्रमित, कति पुगे सङ्क्रमित ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकीमा बिहीबार थपिए ३८ सङ्क्रमित, कति पुगे सङ्क्रमित ?

    खबरपुञ्ज संवाददाता

    १७ भाद्र २०७७, बिहीबार

    पाेखरा : गण्डकी प्रदेशमा बिहीबार थप ३८ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार साँझसम्म दिएको जानकारी अनुसार संक्रमण पुष्‍टि हुनेमा कास्कीका ३० जना छन् भने नवलपरासी पूर्वका ६ जना र तनहुँका २ जना छन् ।

    योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या २३१२ पुगेको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिका-१२ का ८ जना, पोखरा-१० का ७ जना तथा पोखरा-८ र २७ का ३-३ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ । त्यसैगरी पोखरा-१३ र १४ का दुई-दुईजनामा पनि संक्रमण देखिएको छ ।

    पोखरा महानगरपालिका-१, ५, १६ र ३० का एक-एकजनामा पनि संक्रमण पुष्‍टि भएको छ भने अर्का एकजना संक्रमितको ठेगाना खुलाइएको छैन । पोखराका सबैजना संक्रमितहरु कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको बताइएको छ ।

    त्यसैगरी पोखरामै गरिएको परीक्षणमा नवलपरासी पूर्वको गैंडाकोट, कावासोती र देवचुलीका एकएकजनामा पनि संक्रमण देखिएको छ भने चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा गैंडाकोटकै थप ३ जनामा संक्रमण पुष्‍टि भएको छ ।

    यस्तै तनहुँको व्यास नगरपालिकाका एक महिला र एक बालकमा पनि काेराेना पुष्टि भएकाे छ । यसैबीच गण्डकी प्रदेशमा संक्रमणमुक्त भएर घर फर्किनेको संख्या १७६६ पुगेको छ भने बिहीबार थप ३ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १८ पुगेको छ । प्रदेशभर सक्रिय संक्रमितको संख्या ५३० रहेको छ ।