तनहुँ–२ का सांसद न्यौपानेलाई क्युआरमार्फत् गुनासो राख्न सकिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ–२ का सांसद न्यौपानेलाई क्युआरमार्फत् गुनासो राख्न सकिने

    खबरपुञ्ज संवाददाता

    २ जेष्ठ २०८३, आईतवार

    दमौली, ३ जेठ । तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपानेले जनतासँग प्रत्यक्ष संवाद स्थापित गर्ने उद्धेश्यले नयाँ पहल सुरु गरेका छन्। उनले सूचना प्रविधिको रचनात्मक प्रयोगमार्फत मतदाता, सर्वसाधारण तथा देशभरिका पार्टीका साथीभाइ र शुभेच्छुकहरूबाट सुझाव, गुनासा, समस्या तथा आवश्यकताहरू सहज रूपमा संकलन गर्न ‘जनतासँग प्रत्यक्ष संवाद’ अभियान सञ्चालनमा ल्याएका हुन्।

    यस अभियानअन्तर्गत सर्वसाधारणले क्यूआर कोड वा अनलाइन फारममार्फत आफ्ना समस्या, सुझाव र जिज्ञासा प्रत्यक्ष रूपमा पठाउन सक्ने व्यवस्था गरिएको सांसद न्यौपानेले बताएका छन्।

    उनले जनप्रतिनिधि र जनताबीच प्रत्यक्ष संवाद, समाधानमुखी सहकार्य तथा सूचना प्रविधिको प्रभावकारी उपयोगमार्फत जनसरोकारका विषयलाई थप व्यवस्थित रूपमा सम्बोधन गर्ने लक्ष्य रहेको उल्लेख गरे।

    विशेषगरी ऊर्जा, पूर्वाधार विकास तथा जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा नागरिकका सुझाव र समस्यालाई प्राथमिकताका साथ सम्बोधन गरिने सांसद न्यौपानेको भनाइ छ।

    “तपाईंको आवाज नै हाम्रो मार्गदर्शन हो,” भन्दै उनले सबैलाई आफ्ना समस्या तथा सुझाव पठाई सक्रिय सहभागिता जनाउन आग्रह गरेका छन्।