


दमाैली, ४ जेठ । तनहुँको भानु नगरपालिका–६ निवासी मनोज कुमार श्रेष्ठ मलेसियामा सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको छ।नेपाली राजदूतावास, क्वालालम्पुरका अनुसार श्रेष्ठ रोजगारीका लागि २०२६ मार्च २८ मा मलेसियास्थित X-SCAN Armguard Security कम्पनी पुगेका थिए।
उनी अप्रिल १, २०२६ देखि सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको दूतावासले जनाएको छ।दूतावासका अनुसार श्रेष्ठका परिवारजन उनको अवस्थाबारे अत्यन्त चिन्तित रहेका छन्। परिवारजनको अनुरोधपछि दूतावासले उनको खोजीका लागि सहयोग गर्न सर्वसाधारणसँग अपिल गरेको हो।श्रेष्ठ सम्बन्धी कुनै जानकारी भएमा यथाशीघ्र नेपाली राजदूतावास, क्वालालम्पुरमा सम्पर्क गरी जानकारी गराइदिन दूतावासले अनुरोध गरेको छ।सम्पर्कका लागि दूतावासको फोन नम्बर ०१६–२४७२७७७ रहेको छ।