बुटवलको आइसोलेसन अस्पतालमा थप दुई जना संक्रमितको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • लुम्बिनी

    बुटवलको आइसोलेसन अस्पतालमा थप दुई जना संक्रमितको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १९ भाद्र २०७७, शनिबार

    बुटवल : बुटवलस्थित धागो कारखानामा रहेको कोरोना विशेष आइसोलेसन अस्पतालमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पतालद्वारा संचालित आइसोलेसन अस्पतालमा नवलपरासीकी एक महिला र बुटवलका एक पुरुषको मृत्यु भएको हो।

    अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. २ की ३७ वर्षीय महिला र बुटवल उपमहानगरपालिका वडा नं. ११ का ४० वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिनुभयाे । कोरोना संक्रमण पुष्टि भएपछि भदौ १७ गते आइसोलेसनमा भर्ना भएकी महिलालाई शुक्रबार रातीदेखि भेन्टिलेटरमा राखिएको थियो।

    कोरोना संक्रमणबाहेक अरू कुनै स्वास्थ्य समस्या नदेखिएको भएपनि शनिबार बिहान ६ बजे महिलाको मृत्यु भएको डा. थापाले बताउनुभयाे । त्यस्तै बुटवल उपमहानगरपालिका ११ का ४० वर्षीय पुरुषको शुक्रबार राति सवा ११ बजे मृत्यु भएको हो। उनी भदौ १५ गतेदेखि अस्पतालमा भर्ना भएका थिए भने चार दिनयता भेन्टिलेटरमा राखेर उपचार गरिदैं आइएको थियो।

    फाइल तस्वीर