


दमौली, ७ असार । पोखरा–मुग्लिङ सडकखण्ड अन्तर्गत तनहुँमा पछिल्लो २४ घण्टाको अवधिमा दुई वटा सवारी दुर्घटना भएका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार असार ६ गते बिहान ६ बजेदेखि असार ७ गते बिहान ६ बजेसम्म दुई दुर्घटना दर्ता भएका हुन्।
दुर्घटनामा एक जना व्यक्ति घाइते भएका छन्। घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाका कारण एक मोटरसाइकल र एक स्कुटरमा सामान्य क्षति पुगेको छ।
प्रहरीले सडकमा बढ्दो सवारी चाप, तीव्र गति, ओभरटेक तथा चालकको असावधानी दुर्घटनाका प्रमुख कारण हुन सक्ने भन्दै सवारी चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ।
सडक दुर्घटना न्यूनीकरणका लागि तनहुँ प्रहरीले नियमित सवारी जाँच, चालक सचेतना कार्यक्रम तथा ट्राफिक नियम कार्यान्वयनलाई निरन्तरता दिइरहेको जनाएको छ।