रास्वपा महाधिवेशनमा तनहुँ–२ का सांसद श्रीराम न्यौपाने केन्द्रीय सदस्यको उम्मेदवार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रास्वपा महाधिवेशनमा तनहुँ–२ का सांसद श्रीराम न्यौपाने केन्द्रीय सदस्यको उम्मेदवार

    खबरपुञ्ज संवाददाता

    ६ असार २०८३, आईतवार

    दमौली, ७ असार । तनहुँ क्षेत्र नम्बर–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपानेले पार्टीको आगामी महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्।

    हाल रास्वपाको ऊर्जा विभाग प्रमुखको जिम्मेवारी सम्हालिरहेका न्यौपानेले गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेका हुन्। पार्टी संगठनलाई थप सुदृढ बनाउने, नीतिगत सुधारलाई प्रभावकारी रूपमा अघि बढाउने तथा गण्डकी प्रदेशका कार्यकर्ताको आवाज केन्द्रसम्म पुर्‍याउने उद्देश्यसहित आफू चुनावी मैदानमा उत्रिन लागेको उनले बताएका छन्।

    राजनीतिसँगै ऊर्जा, पूर्वाधार तथा विकासका विषयमा सक्रिय रूपमा काम गर्दै आएका न्यौपाने रास्वपाका प्रभावशाली नेतामध्ये एक मानिन्छन्। तनहुँ–२ बाट प्रतिनिधिसभामा निर्वाचित भएपछि उनले संसदमा विभिन्न जनसरोकारका विषय उठाउँदै आएका छन्।