सर्च एण्ड स्विप अपरेसनमा ९ जना शंकास्पद व्यक्ति नियन्त्रणमा, आफन्तलाई जिम्मा लगाइयो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सर्च एण्ड स्विप अपरेसनमा ९ जना शंकास्पद व्यक्ति नियन्त्रणमा, आफन्तलाई जिम्मा लगाइयो

    खबरपुञ्ज संवाददाता

    ७ असार २०८३, सोमबार

    दमौली, ८ असार । जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाईबाट खटिएको प्रहरी टोलीले जिल्लाभर सञ्चालन गरेको सर्च एण्ड स्विप अपरेसनका क्रममा ९ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

    लागुऔषध नियन्त्रण, अवैध मदिरा कारोबार नियन्त्रण, शान्ति सुरक्षा कायम, फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण तथा प्राकृतिक स्रोत–साधनको अनधिकृत प्रयोग रोकथाम लगायतका उद्देश्यले सञ्चालन गरिएको विशेष अभियानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान तथा सोधपुछ गरिएको थियो। अनुसन्धानका क्रममा कुनै आपराधिक गतिविधिमा संलग्नता नदेखिएपछि उनीहरूलाई आफन्तको जिम्मा लगाई छाडिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

    जिल्लामा शान्ति सुरक्षा सुदृढ बनाउन तथा सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्न यस्ता सर्च एण्ड स्विप अपरेसनलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ।