मूल्य घटेपछि दमौलीमा ‘पेट्रोल छैन’ भन्दै उपभोक्ता फर्काइए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मूल्य घटेपछि दमौलीमा ‘पेट्रोल छैन’ भन्दै उपभोक्ता फर्काइए

    खबरपुञ्ज संवाददाता

    १६ असार २०८३, बुधबार

    दमौली, १७ असार । नेपाल आयल निगमले बुधबारदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेलमा ३० रुपैयाँ मूल्य घटाएसँगै दमौलीका पेट्रोल पम्पले पेट्रोल अभाव भएको भन्दै सर्वसाधारणलाई इन्धन नदिई फर्काएका छन्।

    मूल्य घटेको पहिलो दिन नै पेट्रोल भर्न पुगेका सेवाग्राहीलाई पम्प सञ्चालकहरूले ‘पेट्रोल छैन’ भन्दै फिर्ता पठाएको गुनासो गरेका छन्। यसका कारण दैनिक आवतजावत गर्ने सवारी चालक तथा उपभोक्ताले सास्ती खेप्नुपरेको छ।

    स्थानीयले मूल्य घटेपछि पुरानो महँगो मूल्यमा खरिद गरिएको मौज्दात बिक्री सकिएपछि मात्र नयाँ मूल्यमा बिक्री गर्ने उद्देश्यले कृत्रिम अभाव सिर्जना गरिएको हुन सक्ने आशंका व्यक्त गरेका छन्।

    उपभोक्ताले कृत्रिम अभाव सिर्जना गरी सेवा अवरुद्ध गर्ने कार्यको छानबिन गरी आवश्यक कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।