


दमौली, २७ असार । पोखरा–मुग्लिङ सडकखण्ड अन्तर्गत तनहुँ खण्डमा पछिल्लो २४ घण्टामा एक सवारी दुर्घटना भएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार उक्त अवधिमा एउटा मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा दुई जना सामान्य घाइते भएका छन्। घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा एउटा सवारीसाधनमा सामान्य क्षति पुगेको छ।