व्यासमा सडक मापदण्ड मिचेका संरचना साउन १५ भित्र हटाइने, अटेर गरे बल प्रयोग गरिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासमा सडक मापदण्ड मिचेका संरचना साउन १५ भित्र हटाइने, अटेर गरे बल प्रयोग गरिने

    खबरपुञ्ज संवाददाता

    ३२ असार २०८३, शुक्रबार

    दमौली, १ साउन । व्यास नगरपालिकाले वडा नं. २, ३ र ४ को बजार क्षेत्रमा सडक मापदण्ड उल्लंघन गरी निर्माण गरिएका संरचना तथा सञ्चालन गरिएका व्यवसाय साउन १५ गतेभित्र हटाउन सम्बन्धित पक्षलाई निर्देशन दिएको छ।

    यसअघि ३५ दिनभित्र सडक मापदण्डभित्र परेका संरचना हटाउन सार्वजनिक सूचना जारी गरिएको भए पनि कार्यान्वयन पूर्ण हुन नसकेको भन्दै नगरपालिकाले सम्बन्धित वडा प्रतिनिधिसँग समन्वय गरी घरधनी तथा व्यवसायीसँग छलफल गरेर साउन १५ गतेभित्र संरचना हटाउने निर्णय गरेको हो।

    शुक्रबार बसेको कार्यपालिका बैठकको निर्णय अनुसार तोकिएको समयभित्र पनि संरचना नहटाए भूमि नियमन तथा घर नक्सा शाखालाई त्यस्ता संरचना हटाउने, छतको पानी सिधै सडकमा खसाल्ने पाइप हटाउने तथा आवश्यक परे सुरक्षा निकायसँग समन्वय गरेर कार्यान्वयन गर्ने निर्देशन दिइएको प्रवक्ता सुरेश थापाले बताए ।