साइवर जोनका सञ्चालक मल्लले हटाए ट्रस
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    साइवर जोनका सञ्चालक मल्लले हटाए ट्रस

    खबरपुञ्ज संवाददाता

    ५ श्रावण २०८३, बुधबार

    दमाैली ६ साउन । व्यास नगरपालिका–२ न्युरोडस्थित साइबर जोनका सञ्चालक सुमिन मल्लले पसल अगाडि राखिएको ट्रस संरचना हटाएका छन्।

    व्यास नगरपालिकाले सडक मापदण्डभित्र राखिएका ट्रस, अव्यवस्थित संरचना तथा अतिक्रमण हटाउन साउन १५ गतेसम्मको समयसीमा तोकेपछि मल्लले बुधबार स्वेच्छिक रूपमा ट्रस हटाएका हुन्।

    मल्लले नगरपालिकाको सूचनालाई सम्मान गर्दै सार्वजनिक सडक क्षेत्र व्यवस्थित बनाउन सहयोगस्वरूप ट्रस हटाएको बताएका छन्।

    नगरपालिकाले पनि अन्य व्यवसायीलाई यस्तै स्वेच्छिक रूपमा संरचना हटाई सडकलाई सुरक्षित, व्यवस्थित र सुन्दर बनाउन सहयोग गर्न आग्रह गरेको छ।