जनगुनासो सुन्दै सेवा सुधारमा सांसद न्यौपानेको पहल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जनगुनासो सुन्दै सेवा सुधारमा सांसद न्यौपानेको पहल

    खबरपुञ्ज संवाददाता

    १४ श्रावण २०८३, शुक्रबार

    दमाैली १५ साउन । तनहुँ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपानेले जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय र नापी कार्यालयमा पुगेर सेवाग्राहीका गुनासा सुन्दै सेवा प्रवाह सुधारका विषयमा कार्यालय प्रमुखहरूसँग छलफल गरेका छन्।

    भेटका क्रममा नापी कार्यालयमा अतिरिक्त शुल्क तिरेर मात्र फिल्ड सेवा लिनुपर्ने गुनासो उठेपछि कार्यालय प्रमुखले त्यस्तो अवस्था दोहोरिन नदिने प्रतिबद्धता जनाएका छन्। मालपोत कार्यालयले पनि थप पारदर्शी र सहज सेवा दिने जनाएको छ।

    जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउने क्रममा हुने भीड व्यवस्थापनका लागि थप उपकरण, स्टेसन र जनशक्ति व्यवस्थापन गर्ने सहमति भएको सांसद न्यौपानेले जानकारी दिएका छन्।भूमि व्यवस्थापन, लालपुर्जा वितरण, मल तथा ग्यास अभावलगायतका विषयमा समेत छलफल भएको जनाउँदै न्यौपानेले जनताका समस्या समाधानका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै भ्रष्टाचार वा सुशासनसम्बन्धी कुनै गुनासा भए प्रमाणसहित जानकारी गराउन उनले सर्वसाधारणसँग आग्रह गरेका छन्।