लमजुङमा क्वारेन्टिनमा बसेका युवकले गरे आत्महत्या
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    लमजुङमा क्वारेन्टिनमा बसेका युवकले गरे आत्महत्या

    खबरपुञ्ज संवाददाता

    २ श्रावण २०७७, शुक्रबार

    लमजुङ/लमजुङमा क्वारेन्टिनमा बसेका एक युवकले आत्महत्या गरेका छन् । क्व्होलासोथार गाउँपालिका–६ पसगाउँका २३ वर्षीय युवकले झुण्डिएर आत्महत्या गरेका हुन् । उनी असार ३१ गतेदेखि वडा नम्बर ९ स्थित बुद्धोदय माविको क्वारेन्टिनमा बस्दै आएका थिए । फागुनमै बुटवलस्थित दिदीको घर गएका उनी असार ३१ गते आएर क्वारेन्टिनमा बसेको साल्मे भञ्ज्याङ स्वास्थ्यचौकीका इन्चार्ज सन्तोषबाबु सुवेदीले बताउनुभयाे ।

    ‘क्वारेन्टिनमा उनी एक्लै बस्दै आएका थिए । बेलाबेलामा उनको स्वस्थ्य अवस्थाबारे जानकारी लिन हामी जान्थ्यौं । उनको स्वास्थ्य अवस्था सबै सामान्य नै थियो,’ सुवेदीले भन्नुभयाे ‘तर शुक्रबार बिहान उनी क्वारेन्टिनको भान्सा कोठामा झुन्डिएको अवस्थामा फेला परेको हो ।’ क्वारेन्टिनमा बस्दा उनी आफैंले पकाएर खाने गरेक थिए । लम्जुङका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले अनुसार क्वारेन्टिनमा एक्लै बसेका युवकले झुन्डिएर आत्महत्या गरेको बताउनुभयाे ।