पर्वतमा घर पुरिदा च्यापिएका एक जनाको उद्धार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    पर्वतमा घर पुरिदा च्यापिएका एक जनाको उद्धार

    खबरपुञ्ज संवाददाता

    १२ आश्विन २०८३, मंगलवार

    पर्वत, १३ असोज । जलजला गाउँपालिका–७, लामाबगरमा सुख्खा पहिरोले घर पुरिँदा च्यापिएका एक जनाको सकुशल उद्धार गरिएको छ।

    मंगलबार बिहान करिब ०५:३० बजे माथिबाट ढुङ्गा–माटोसहितको सुख्खा पहिरो खस्दा सोही स्थान बस्ने अन्दाजी ६५ वर्षीय आत्माराम आचार्य घरभित्र च्यापिएको अवस्थामा फेला परेका थिए। उनलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको हो।

    उद्धार गरिएका आचार्यको दाहिने आँखाको माथिल्लो भाग र टाउकोमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेका आचार्यलाई थप उपचारका लागि प्रदेश अस्पताल बेनी, म्याग्दी पठाइएको छ।