पाेखरा/मुस्ताङको थासाङ–४ अन्तर्गत पर्ने काभ्रेभिरमा कालीगण्डकी नदीले कटान गरी पहिरो जाँदा सडक अवरुद्ध बनेको छ । निरन्तर वर्षाका कारण बहाव बढेको कालीगण्डकीले भिर कटान गर्दा चार दिन अघिदेखि मुस्ताङ–बेनी सडकखण्ड अवरुद्ध हुन पुगेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । सडक अवरुद्ध भएको ठाउँ म्याग्दी र मुस्ताङको सिमानामा पर्ने जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिनुभयाे ।
पहिरोले मुस्ताङ–बेनी सडकखण्ड अवरुद्ध भएपछि शुक्रबारबाट नेपाली सेनाले पहिरो हटाउने काम गरिरहेको छ । आइतबार बिहानसम्म उक्त सडक खण्डमा परेको पहिरो हटाइसक्ने अर्यालले बताउनुभयाे । बाटोको पहिरो हटाउन नेपाली सेनाको टोली, म्याग्दी र मुस्ताङका जनप्रतिनिधिसहितको टोली खटिए छन् ।