रोटरी क्लवका पदाधिकारीलाई तालिम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    रोटरी क्लवका पदाधिकारीलाई तालिम

    खबरपुञ्ज संवाददाता

    २ श्रावण २०७७, शनिबार

    तनहुँ/रोटरी क्लब अफ दमौलीले क्लबका पदाधिकारीका लागि क्लब अफिसर ट्रेनिङ सेमिनार (कट्स) शनिबार सम्पन्न गरेको छ । क्लबका नव आगन्तुक सदस्यहरुलाई क्लबको इतिहास, काम कर्तव्य र अधिकारको बारेमा जानकारी दिन तथा पुराना सदस्यहरुलाई नयाँ अद्यावधिक भएका क्लब सम्बन्धी सुचनाहरुका बारेमा जानकारी गराउन कार्यक्रम आयोजना गरिएको हो ।
    कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले रोटरीले समाजमा अलग पहिचान बनाउन सफल भएकाले समय र सन्दर्भ बदलिदै जाँदा सोही अनुसार आफूलाई वृद्धि गर्दै जानुपर्ने बताउनुभयाे ।
    क्लबका संस्थापक अध्यक्ष एवं संविधानसभा सदस्य रामचन्द्र पोख्रेलले अहिलेको वर्तमान अवस्थामा समाजमा परेको प्राकृतिक विपत्तिमा क्लबले सहयोग गर्न आवश्यक रहेकोमा जाेड दिनुभयाे ।
    सो अवसरमा क्लवका पूर्व अध्यक्ष एवं रोटरी डिष्ट्रिक को–टे«नर हरिसिंह गुरुङ्ले रोटरीको परिचय, यसको स्थापना, ऐतिहासिक विकासक्रम, रोटरी क्लबको सदस्ययता, रोटरीका कार्यक्षेत्र र रोटरी क्लबका विभिन्न पद तथा पदाधिकारीहरुको काम, कर्तव्य र अधिकार लगायतका बारेमा प्रशिक्षण दिएका दिनुभएकाे थियाे ।
    पूर्व अध्यक्ष रजिनलाल श्रेष्ठले रोटरीका मुख्य स्रोतहरुका बारेमा जानकारी गराउनुभएकाे कार्यक्रममा क्लबको पाँच मुख्य समितिको तर्फबाट आफ्नो कार्यकालमा गर्ने गतिविधिहरुको बारे कार्ययोजना प्रस्तुत गरिएको थियो । कार्यक्रम क्लवका अध्यक्ष दामाेदर भण्डारीकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।