गण्डकीमा थपिए एकै दिन २४ कोरोना सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकीमा थपिए एकै दिन २४ कोरोना सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    ३ श्रावण २०७७, आईतवार

    गण्डकी प्रदेशका छ जिल्लामा आइतबार एकैदिन २४ कोरोना सङ्क्रमित थपिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षण अनुसार २४ जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षण अनुसार लमजुङ र कास्की र क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षण अनुसार पर्वत, बागलुङ, स्याङ्जा र म्याग्दी जिल्लामा कोरोना सङ्क्रमित थपिएका हुन् ।
    लमजुङको वेशीशहर नगरपालिकाका ४१, राइनास नगरपालिकाका २९, मध्यनेपाल नगरपालिकका ६५ र १९, दूधपोखरी गाउँपालिकाका ३३ र सुन्दरबजार नगरपालिकाका ५८ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।
    त्यस्तै कास्कीको पोखरा महानगरपालिकाका ६७, ४९, २७, ३५, ३८ र २४ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पर्वतको जलजलाका ३५, महाशिलाका ३२, बडीगार्डका २६, काठेखोलाका २६, स्याङ्जाको पुतलीबजार नगरपालिकाका ३६, कालीगण्डकी गाउँपालिकाका ३१, म्याग्दीको बेनी नगरपालिकाका ३२, अन्नपूर्ण गाउँपालिकाका ३१, मालिका गाउँपालिकाका २८ र ३४ र मङ्गला गाउँपालिकाका ३० र ३१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।
    कोरोना पुष्टि भएकाहरुलाई आइसोलेशन कक्षमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । आज थपिएकासँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ३ सय २ पुगेको छ ।