पाेखरामा प्रहरीकाे आफ्नै अस्पताल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    पाेखरामा प्रहरीकाे आफ्नै अस्पताल

    खबरपुञ्ज संवाददाता

    ३ श्रावण २०७७, आईतवार

    पाेखरामा प्रहरी अस्पतालकाे आफ्नै भवन निर्माण सम्पन्न भएकाे छ । प्रदेश प्रहरी अस्पताल पोखराको नवनिर्मित  भवनको आइतबार गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले उद्घाटन गर्नुभयाे ।

    गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराको आफ्नो भवन नभएको अवस्थालाई मध्येनजर गर्दै सुविधा सम्पन्न भवन निर्माण गरि अहोरात्र सेवामा समर्पित प्रहरी कर्मचारी साथै तिनका आश्रीत परिवार लगायत भूतपूर्व प्रहरी कर्मचारीहरुको औषधी उपचारमा सहजता प्रदान गर्न कास्की जिल्लाको पोखरा महानगरपलिका-०७ मुस्ताङचोक स्थित नेपाल प्रहरीको आफ्नै जग्गामा भवन निर्माण गरि स्वास्थ्य सेवा सुचारु गरिएको छ ।

    विसं २०७४ चैत्र १७ गते तत्कालिन प्रदेश प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कमल सिंह बमले नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौबाट प्रदान भइरहेका सेवाहरुलाई विकेन्द्रिकृत गर्ने उदेश्यले भवनको शिलान्यास गर्नुभएको थियो ।

    भवनकाे उद्‌घाटन पश्चात प्रहरी नायव महानिरीक्षक अर्याल लगायत अन्य अथितिहरुले भवन साथै उपलब्ध स्वास्थ्य उपकरणहरुको अवलोकन गर्नुभएको थियो । साे अवसरमा मन्तव्य व्यक्त गर्दै अर्यालले प्रहरी कर्मचारीहरुलाई शिक्षा र स्वास्थ्यमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ प्रहरी अस्पतालको परिकल्पना गरि विसं २०४० सालमा नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमान्डौको स्थापना गर्ने तत्कालिन प्रहरी महानरीक्षक स्वर्गीय डि.बी. लामालाई समेत स्मरण गर्दै नव-निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालबाट तल्लो तह सम्मका प्रहरी कर्मचारी, आश्रित परिवार तथा भूतपूर्व प्रहरी कर्मचारीहरु स्वास्थ्य सेवाबाट प्रत्यक्ष लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।

    प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक किरण राणाले देश र जनताको सेवामा समर्पित प्रहरी कर्मचारी तथा आश्रित परिवालाई स्वास्थ्य सेवा प्रदान गर्ने गरि महत्वपूर्ण सुविधाहरुसहित अस्पताल निर्माण भएको प्रति खुशि व्यक्त गर्नुभयो । गण्डकी प्रदेश प्रहरी अस्पतालका प्रमुख प्रहरी नायव उपरीक्षक डा. नर्मन लामिछानेले हाल जनरल ओ.पि.डि. सहित वार्ड ल्याव र फार्मेशि सेवा दिंदै आएकोमा यसलाई निरन्तरता दिंदै हाडजोर्नी, नशा तथा बाथ रोग विशेषज्ञ लगायतका अन्य सेवाहरु प्रदान गरिने जानकारी दिनुभयाे ।  उक्त भवनमा सोधपुछ कक्ष, ओ.पि.डी., ईमरजेन्सी, स्टाफ तथा सेवाग्राही शौचालय रहेकाे छ । कुल ११०६ वर्ग फिट क्षेत्रफलमा भवन निर्माण सम्पन्न भएको छ ।