१५६ काेराेना सङ्क्रमित थपिए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    १५६ काेराेना सङ्क्रमित थपिए

    खबरपुञ्ज संवाददाता

    ४ श्रावण २०७७, आईतवार

    काठमाडाै/नेपालमा आइतबार १ सय ५६ जना काेराेना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन मार्फत् दिएकाे जानकारी अनुसार नेपालमा कोरोना संक्रमितको सङ्ख्या १७ हजार ६ सय ५८ पुगेको छ ।

    विगत २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालाबाट ३ हजार ७४१ जनाको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गरिएको थियो । आइतबार कोरोना स‌ंक्रमण निको भएर ५८ जना डिस्चार्ज भएका छन् । यीसहित हालसम्म ११ हजार ६ सय ९५ जना कोरोनाबाट निको भएका छन्।

    यो कुल संक्रमितको ६६ प्रतिशत हो। विगत २४ घण्टामा २७ प्रयोगशालाबाट ३ हजार ७ सय ४१ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ। हालसम्म ३ लाख १५ हजार बढीको पिसिआर परीक्षण भएको छ। यस्तै हालसम्म मृतक ४० जनामा काेराेना पुष्टि भएकाे छ।