देवघाटमा बोलबम मेला नहुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देवघाट

    देवघाटमा बोलबम मेला नहुने

    खबरपुञ्ज संवाददाता

    ४ श्रावण २०७७, आईतवार

    तनहुँ/तनहुँ, चितवन र नवलपुरको सङ्गस्थलमा अवस्थित पवित्र धाम देवघाटमा यो पटक बोलबम मेला नहुने भएको छ । कोभिड–१९ को जोखिम यथावत् रहेकाले यो पटक बोलबम मेला स्थगित गरिएको देवघाट क्षेत्र विकास समिति तनहुँले जनाएको छ ।

    बोलबम मेलाको अवसरमा देवघाटमा प्रत्येक सोमबार भक्तजनको ठूलो उपस्थिति रहने गरेको थियो । कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेको र मेलापर्व, उत्सव तथा भीडभाड नगर्ने स्थिति रहेकाले स्वास्थ्य सुरक्षा संवेदनशीलतालाई ख्याल गरी बोलबम मेला स्थगित गरिएको समितिका अध्यक्ष शिवराज पौडेलले जानकारी दिनुभयो ।

    “तीर्थस्थलमा श्रद्धालुहरुलाई सहभागी नहुन, नआउने गरिएको अनुरोध वा आग्रह निश्चय नै हामी कसैका लागि प्रिय छैन,” पौडेलले भन्नुभयो, “परिस्थितिवश गरिएको यस अनुरोधलाई सबैले मनन् गरी सहयोग पु¥याउनुहुनेछ भन्ने विश्वास गरेका छौ ।” देवघाटधाम सनातन संस्कृतिका अनुयायीहरुको आस्थाको केन्द्रको रुपमा रहेकाले विभिन्न धार्मिक, सांस्कृतिक महत्वका मेलापर्वहरुमा श्रद्धालुहरुको ठूलो जमघट हुने परम्परा रहिआएको छ ।

    हरेक वर्ष साउन महीनामा देवघाटमा समेत श्रावणी बोलबम मेला एउटा विशेष उत्सवको रुपमा मनाउने परम्पराको विकास हुँदै आएको छ । गत वर्ष साउन महीनाको एउटा सोमबार मात्रै करीब एक लाख भक्तजनले बोलबम मेला भरेका थिए ।

    भगवान शिवको पूजाअर्चना गर्न तथा वेणी सङ्गममा स्नान गर्न देशका विभिन्न जिल्लाबाट भक्तजन देवघाट आउने गरेका थिए । मुक्तिनाथबाट बगेर आएको कालीगण्डकी र गोसाइँकुण्डबाट बगेर आएको त्रिशुलीको सङ्गम वेणीमा बोलबमको अवसरमा स्नान गर्नाले भगवान शिव खुशी हुने र चर्मरोगहरु निको हुने जनविश्वास रहँदै आएको छ ।