तनहुँ/तनहुँमा आइतबार आठ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । कोरोना पुष्टि भएर आदिकवि भानुभक्त क्याम्पसको आइसोलेशनमा उपचाररत आठ जना कोरोना सङ्क्रमणमुक्त भएका हुन् ।
कोरोना निको हुनेमा व्यास नगरपालिकाका पाँच, भानु नगरपालिकाका दुई र म्याग्दे गाउँपालिकाका एक जना रहेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । यो सँगै तनहुँमा कोरोना निको हुनेको सङ्ख्या १ सय ३७ पुगेको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । तनहुँका १ सय ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।