राेटर्याक्ट नेपालकाे प्रमुखमा पाैडेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    राेटर्याक्ट नेपालकाे प्रमुखमा पाैडेल

    खबरपुञ्ज संवाददाता

    ३ श्रावण २०७७, आईतवार

    पाेखरा/रोट्याक्ट नेपालकाे प्रमुख (डिआरआर) मा सन्जिव पाैडेल चयन हुनुभएकाे छ । पाेखरा स्थायी घर हुनुभएका पाैडेल वर्ष २०२०-२१ का लागि राेटर्याक्ट नेपालकाे प्रमुखमा चयन हुनुभएकाे हाे । पाैडेलले शनिबार काठमाडाैमा प्रमुख पदकाे शपथग्रहण गर्नुभएकाे छ ।

    रोटरी नेपालका प्रमुख राजीव पोख्रेलबाट पाैडेलले शपथ ग्रहण गर्नुभएकाे थियाे । साे अवसरमा क्लवका निवर्तमान प्रमुख स्नेहा शाक्यले आफ्नो कार्यकालमा सहयोग गरेकामा सबैलाई धन्यवाद दिनुभयाे । पदभार ग्रहण गर्दै पाैडेलले छ वटा क्षेत्रमा विशेष ध्यान दिएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

    पौडेलले आफ्नो कार्यकालमा रोटरी नेपालको मिसन नेपालमा कुनै पनि बालबालिका शिक्षाबाट वन्चित हुन नपरोस् भन्नका लागि शैक्षिक स्तर विकासका लागि साक्षरता अभियान सन्चालन गरिने बताउनुभयाे ।

    कार्यक्रममा राेटरी नेपालका डिष्टिक गभर्नर राजिव पाेख्रेल, डिष्टिक राेटर्याक्ट कमिटी चियर सुवास सिग्देल लगायत सहभागी हुनुहुन्थ्याे ।