तनहुँमा थपिए दुई कोरोना सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    तनहुँमा थपिए दुई कोरोना सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    ४ श्रावण २०७७, सोमबार

    तनहुँ/तनहुँमा सोमबार थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका र भानु नगरपालिकाका दुई पुरुषमा कोरोना पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
    शुक्लागण्डकी नगरपालिकाका ४९ र भानु नगरपालिकाका ४० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो । योसँगै तनहुँमा कोरोना सङ्क्रमितको सङ्ख्या १ सय ७५ पुगेको छ । कोरोना पुष्टि भएकाहरुलाई आइसोलेशन कक्षमा लैजाने तयारी गरिएको छ ।
    तनहुँमा १ सय ३७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किसकेका छन् ।