तनहुँ/मिर्गौला सम्बन्धी रोगबाट बिरामी भएर उपचाररत भिडियोग्राफर राजु श्रेष्ठको उपचारका लागि सहयोगी हात जुट्ने क्रम जारी छ । पछिल्लो क्रममा श्रेष्ठको उपचारका लागि दमौलीका प्रधान परिवारबाट रु एक लाख २५ हजार आर्थिक सहयोग जुटेको छ ।
दमौली सफासडकका स्व. अभिमन्यु प्रधान र शान्ता प्रधानको स्मृतिमा उहाँका परिवारले श्रेष्ठको उपचारका लागि रु एक लाख २५ हजार सहयोग गरेको छ । स्व. आमा बुबाको स्मृतिमा छोरीहरु मिना प्रधान, सुनिता प्रधान, बिनिता प्रधान, नम्रता प्रधान, छोराहरु राजु प्रधान र सञ्जय प्रधानले श्रेष्ठको उपचारका निम्ति सहयोग गर्नुभएको हो । प्रधान परिवारले श्रेष्ठको नाममा रहेको सनराइज बैङ्कको खातामा उक्त रकम जम्मा गरिदिको छ ।
त्यस्तै पोखराका नबिन नापितबाट रु ३६ हजार र क्यानडामा बस्दै आएका दमौलीका करुण गौतमबाट रु ११ हजार १ सय ११ सहयोग प्राप्त भएको छ ।