नेपालमा थप एक जनाकाे काेराेनाबाट निधन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • प्रदेश २

    नेपालमा थप एक जनाकाे काेराेनाबाट निधन

    खबरपुञ्ज संवाददाता

    ८ श्रावण २०७७, बिहीबार

    वीरगञ्ज/नेपालमा थप एक जनाकाे काेराेना सङ्क्रमणबाट मृत्यु भएकाे छ । मृत्यु हुनेमा वीरगञ्जका ६० वर्षीय पुरुष रहेका छन् । गण्डक अस्पतालमा भर्ना भएका पर्सा माईस्थानका ती पुरुषको उपचारको क्रममा मङ्गलबार साँझ निधन भएकाे हाे ।

    यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुगेको छ । गत सोमबार सास फेर्न गाह्रो भएपछि उनलाई सुरुमा एडभान्स अस्पतालमा भर्ना गरिएको थियो । शंकास्पद विरामी भएको भन्दै उनलाई मङ्गलबार गण्डकस्थित कोभिड अस्पतालमा लगियो र उनको सोही दिन साँझ मृत्यु भयो । उनको मृत्यु भइसकेपछि पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।