पहिरोले थुनियो नाैली खाेला
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    पहिरोले थुनियो नाैली खाेला

    खबरपुञ्ज संवाददाता

    ९ श्रावण २०७७, शनिबार

    गाेरखा/गोरखाको धार्चे गाउँपालिका–७ लापुस्थित मापुडाँडामा पहिरो जाँदा नौली खोला थुनिएको छ । शुक्रबार रातिबाट माथिल्लो चिंगार डाँडा नै खसेर खोला थुनिएको हाे । शुक्रबार राति सात बजेदेखि पहिरो खस्न शुरु गरेको र राति दश बजेतिर लापु गाउँको मापु भन्ने ठाउँमा खोला नै थुनिएकाे स्थानीयवासीले बताएका छन् ।

    खोला थुनिएसँगै लापुवेशीको बान्द्राङ, नौलीखोला र नयाँवस्तीदेखि झरनासम्मको गाउँका करिव ८० घरधुरी जोखिममा रहेको स्थानीय वीरबल गुरुङले जानकारी दिनुभयाे । जोखिम वस्तीका स्थानीयलाई सुरक्षित स्थानमा लगेर राखिएको वडाध्यक्ष सूर्यमान गुरुङले बताउनुभयाे। उक्त क्षेत्रमा सेना र प्रहरीको टोली खटाइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयाे ।