सचिव बस्यालबाट रासस प्रदेश कार्यालय निरीक्षण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    सचिव बस्यालबाट रासस प्रदेश कार्यालय निरीक्षण

    खबरपुञ्ज संवाददाता

    ९ श्रावण २०७७, शनिबार

    पाेखरा/ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्न जान लाग्नु भएका गण्डकी प्रदेशका प्रमुख सचिव हरिप्रसाद बस्यालले शनिबार राष्ट्रिय समाचार समिति(रासस) गण्डकी प्रदेश कार्यालयको निरीक्षण गर्नुभएकाे छ । पोखरा महानगरपालिका वडा नं. ९ नयाँ बजारस्थित कार्यालयमा पुगि उहाँले कार्यालयको भौतिक अवस्थिति एवम् सेवा प्रवाह लगायतका बारेमा जानकारी लिनुभएकाे हाे ।

    निरीक्षणका क्रममा सचिव बस्यालले कार्यालय भवन अन्यन्त जीर्ण अवस्थामा देखिएको र दैनिक कार्य सञ्चालनका लागि पनि बैकल्पिक व्यवस्था गर्नुपर्ने खाँचो औँल्याउनुभयाे । कार्यालय भवन निर्माणका लागि आफ्नाे तर्फबाट  तत्कालै पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दै सचिव बस्यालले भन्नुभयाे, “जीर्ण रहेको कार्यालय भवन तत्कालै पुनःनिर्माणका लागि मेरो तर्फबाट पहल रहने छ ।” कार्यालयका समाचारदाता हरिप्रसाद बास्तोलाले रासस प्रदेश कार्यालयबाट भई रहेका सेवा प्रवाह, जनशक्ति, सञ्चार सामग्री लगायतका बारेमा सचिव बस्याललाई जानकारी गराउनुभएकाे थियाे ।

    प्रदेश कार्यालय अन्तर्गत ११ वटै जिल्लामा रहेका जिल्ला समाचारदाताहरुले सङ्घ,प्रदेश तथा स्थानीय सरकारका गतिविधिहरु, सार्वजनिक सरोकार, कृषि, पर्यटन, खेलकूद लगायतका विषयहरुका बारेमा समाचार सम्प्रेशण गर्दैै आएको जानकारी बास्तोलाले गराउनुभयाे । शहरी विकास तथा भवन कार्यालय कास्कीको प्राविधिक रिपोर्टबाट समेत कार्यालय भवन जीर्ण पाइएको र कार्य सञ्चालनमा समते जोखिम देखिएकाले तत्काल भत्काउनु पर्ने व्यहोरा बारे समेत सचिव बस्याललाई अवगत गराइएको थियो ।