सिङ्गाे वडामा विद्युत अवरुद्ध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    सिङ्गाे वडामा विद्युत अवरुद्ध

    खबरपुञ्ज संवाददाता

    १२ श्रावण २०७७, सोमबार

    तनहुँ/आइतबार रातिदेखि परेको वर्षाका कारण रुख ढलेर तार छिनेपछि तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेमा विद्युत अवरुद्द भएको छ । पहिराले रुख ढलेर विद्युतको तार छिनेपछि आइतबार रातिदेखि नै सिङ्गो गाउँमा विद्युत अवरुद्द भएको हो ।

    उक्त वडाको घुमाउने घुमाउने पुल नजिकै पहिराले रुख ढलेर विजुलीको तारमा क्षति पुगेको वडाध्यक्ष मनराज गुरुङले जानकारी दिनुभयाे । वर्षा भइरहेकाले मर्मतको काम गर्न नसकिएको र वर्षा रोकिने बित्तिकै विद्युत प्राधिकरणको समन्वयमा मर्मत कार्य गरिने गुरुङले बताउनुभयाे । उक्त वडामा ६ सय ९० घरधुरी छ ।