घर भत्किएर ज्यान गुमाउनेप्रति मुख्यमन्त्रीद्वारा दु:ख व्यक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    घर भत्किएर ज्यान गुमाउनेप्रति मुख्यमन्त्रीद्वारा दु:ख व्यक्त

    खबरपुञ्ज संवाददाता

    ११ श्रावण २०७७, सोमबार

    पाेखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पहिराेले घर भत्किएर मुस्ताङमा एक जनाकाे मृत्यु भएकामा दु:ख व्यक्त गर्नुभएकाे छ । साेमबार प्रेस विज्ञप्ती सार्वजनिक गर्दै मुख्यमन्त्री गुरुङले अविरल वर्षाका कारण मुस्ताङकाे थासाङ गाउँपालिका-२ न्याउरेकाेटमा एक जनाकाे मृत्यु भएकाेप्रति दु:ख व्यक्त गर्नुभएकाे हाे ।

    घर भत्किएर १८ वर्षीय निशान तुलाचनकाे मृत्यु भएकाे थियाे भने ७० वर्षीय रनप्रसाद गौचन घाइते हुनुभएको छ । दुःखद घटनामा ज्यान गुमाउनुहुनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै मुख्यमन्त्री गुरुङले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएकाे छ ।

    पहिरोमा परि परिवार गुमाउनुहुने तथा विस्थापित परिवारको तत्काल उद्दार, राहत र पुनर्स्थापना एवं घाइतेको उपचारमा तदारुकताका साथ लाग्न सम्बन्धित तहको गम्भीर ध्यानाकर्षण गराउँदै त्यसको लागि प्रदेश सरकारको तर्फवाट आवश्यक सहयोग रहने गुरुङले प्रतिबद्धता जनाउनुभएकाे छ । साथै अविरल बर्षाका कारण बाढी पहिरोको जोखिम बढिरहेकाले उद्दार, राहत, उपचार तथा पुनर्स्थापना कार्यमा सक्रिय भएर जुट्न र यस विषम परिस्थितिमा धैर्यधारण गरी सावधानी र उच्च सतर्कता अपनाउन समेत सम्बन्धित सबैलाई मुख्यमन्त्री गुरुङले आग्रह गर्नुभएकाे छ ।