स्याङ्जामा एकैपटक थपिए १८ काेराेना सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    स्याङ्जामा एकैपटक थपिए १८ काेराेना सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    १२ श्रावण २०७७, सोमबार

    पाेखरा/गण्डकी प्रदेशमा साेमबार २२ जना काेराेना सङ्क्रमित थपिएका छन् । क्षयराेग उपचार केन्द्र पाेखरामा गरिएकाे परीक्षण अनुसार स्याङ्जामा १८, कास्कीमा २ र लमजुङमा २ जना काेराेना सङ्क्रमित थपिएका हुन् ।

    प्रदेशकाे स्वास्थ्य निर्देशक डा. विनाेदविन्दु शर्माका अनुसार स्याङ्जाकाे पुतलीबजार नगरपालिकाका १७ पुरुष र एक महिलामा काेराेना पुष्टि भएकाे छ । कास्कीकाे रुपा र माछापुच्छ्रे गाउँपालिकाका १/१ र लमजुङकाे मध्यनेपाल नगरपालिका र दूधपाेखरी गाउँपालिकामा १/१ काेराेना सङ्क्रमित थपिएका छन् । याेसँगै गण्डकी प्रदेशमा काेराेना सङ्क्रमितकाे सङ्ख्या १ हजार ३ सय ९९ पुगेकाे छ ।