के-के घटना घट्याे गण्डकी प्रदेशमा ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    के-के घटना घट्याे गण्डकी प्रदेशमा ?

    खबरपुञ्ज संवाददाता

    ११ श्रावण २०७७, सोमबार

    पाेखरा/गण्डकी प्रदेशका विभिन्न जिल्लामा साेमबार विभिन्न घटना घटेका छन् । अविरल परेकाे वर्षातका कारण म्याग्दी, स्याङ्जा लगायतमा घरमा क्षति पुगेकाे छ । म्याग्दीकाे मङ्गला गाउँपालिका-३ बरञ्जा पखेरगाउँ स्थित घर भन्दा अन्दाजी  ५०/६० मिटर माथि मोटर बाटोबाट लेदो माटो सहितको भल आई ६ घरमा क्षति पुगेकाे गण्डकी प्रदेश प्रहरी कार्यालय पाेखराले जनाएकाे छ ।

    पहिराेले स्थानीय सूर्य बहादुर थापा, मन बहादुर पुर्जा, कर्णे बुढाथाेकी, वीरे बुढाथाेकी, दलबहादुर राेका (क), दलबहादुर राेका (ख) काे घर क्षति भएकाे छ । यस्तै म्याग्दीकै बेनी नगरपालिका-६ डम्बरामा एक सय मिटर माथिदेखि पहिरो खसेर १५/२० वटा घरधुरी जोखिममा परेका छन् । जाेखिममा रहेकाे सबैलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएकाे प्रहरीले जनाएकाे छ ।

    म्याग्दीकै बेनी नगरपालिका-९ काउलेगाैडामा रुखले च्यापिएर दुई जना घाइते भएका छन् । गलेश्वरबाट काउलेगौंडा तर्फ जाँदै गरेको लु ११ प ४२३३ नं काे मोटरसाईकल सडक माथिबाट सल्लाको रुख ढली च्यापिन जाँदा मोटरसाईकलमा सवार जाजरकोट ठेडगड नगरपालिका-१३ ओलमुल्ला बस्ने वर्ष २४ को शर्मालाल आचार्य र स्याङ्जा गल्याङ नगरपालिका- १० पकुवादी बस्ने वर्ष २५ को रोशन उपाध्यय घाइते भएका हुन् । घाइतेद्वयकाे बेनी अस्पतालमा उपचार भइरहेकाे  छ ।

    यस्तै स्याङ्जाकाे आँधीखाेला गाउँपालिका-२ सिरिनडाँडामा पहिराेले स्थानीय ढाकाराम पौडेलको गाेठमा क्षति पुर्याएकाे छ । ढुङ्गा माटोले बनेको टिनले छाएको २ तले कच्ची गोठमा अविरल वर्षाको कारण अन्दाजी एक सय मिटर माथिबाट पहिरो आई उक्त गोठलाई बगाएकामा गोठमा रहेको तीन वटा गाई मरेका छन् । पहिराेले गोठ नजिकै रहेको परालको टौवा बगाएकाे छ ।