स्वास्थ्यकर्मीलाई पुन: काेराेना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    स्वास्थ्यकर्मीलाई पुन: काेराेना

    खबरपुञ्ज संवाददाता

    १२ श्रावण २०७७, मंगलवार

    पाेखरा । पोखराको गण्डकी मेडिकल कलेजमा कार्यरत एकजना स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार गरेको परीक्षणमा अस्पतालमा कार्यरत ३० वर्षीय नर्सलाई कोरोना सङ्क्रमण पुष्टि गरेको हो ।

    सोमबार संक्रमण पुष्टि भएकी ती नर्स भने करिब डेढ महिनादेखि बिदामा रहेको अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा‍. टुमाया घलेले बुवाको उपचारकै लागि बिदा लिएपछि ती नर्स काममा नफर्किएकाे जानकारी दिनुभयाे । सङ्क्रमित नर्सलाई बुबाबाटै कोरोना सङ्क्रमण सरेको डा. घलेले दाबी गर्नुभयाे । ती नर्सका बुबा कोरोनाबाटै मृत्यु हुने गण्डकी प्रदेशका पहिलो सङ्क्रमित हुन् । स्याङ्जाका ६० वर्षीय ती पुरुषको जेठको तेस्रो हप्ता पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा मृत्यु भएको थियो ।

    पोखरामा उपचारका क्रममा मृत्यु भएपछि ती पुरुषको कन्ट्याक ट्रेसिङ शरु गरिएको थियो । कट्याक ट्रेसिङमा मृतकी श्रीमती र छोरीलाई पनि त्यतिबेलै कोरोना सङ्क्रमण पुष्टि भएको थियो । पोखरा १० मा आमासँगै बस्दै आएकी ३० वर्षीय ती नर्सलाई पुनः कोरोना पुष्टि भएको हो ।