बामदेवकाे प्रस्तावमा गुरुङकाे समर्थन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    बामदेवकाे प्रस्तावमा गुरुङकाे समर्थन

    खबरपुञ्ज संवाददाता

    १३ श्रावण २०७७, मंगलवार

    पाेखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएकाे समस्या समाधानका लागि पार्टीका उपाध्यक्ष बामदेव गाैतमले सार्नुभएकाे ६ बुँदे प्रस्तावप्रति स्थायी कमिटी सदस्य किरण गुरुङले समर्थन जनाउनुभएकाे छ ।

    पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच केही समयदेखि विवाद देखिदै आएकामा मङ्गलबार गाैतमले पार्टीकाे समस्या समाधानका लागि छ बुँदे प्रस्ताव सार्वजनिक गर्नुभएकाे थियाे । लगत्तै स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका आर्थिक मामिला तथा याेजनामन्त्री गुरुङले उक्त प्रस्तावमा समर्थन जनाउनुभएकाे छ ।

    सामाजिक सञ्जाल मार्फत गुरुङले लेख्नुभएकाे छ, “सबै खाले हठ,अहङ्कार र कुण्ठा त्यागेर आम कार्यकर्ताको भावना अनुरूप पार्टीलाई एकताबद्ध रूपमा नीति र विधिपूर्वक पार्टीमा देखा परेका समस्यालाई सहमतिको आधारमा समाधान र व्यवस्थापन गर्न उपाध्यक्ष गौतमले राख्नु भएको प्रस्तावप्रति मेरो समर्थन छ ।”