तनहुँ । डिभिजन वन कार्यालय तनहुँमा सञ्चालित नर्सरी प्रदेशमै उत्कृष्ट छनाैट हुन सफल भएकाे छ । गण्डकी प्रदेशकाे उद्याेग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले डिभिजन वन कार्यालय तनहुँकाे नर्सरीलाई उत्कृष्ट घाेषित गर्दै नर्सरी व्यवस्थापककाे रुपमा सहायक वन अधिकृत बाबुराम उप्रेतीलाई नगद सहित पुरस्कृत गरेकाे छ ।
पाेखरामा आयाेजित कार्यक्रममा मन्त्रालयका मन्त्री विकास लम्साल, सचिव डा. दीपक कुमार खराल लगायतले उप्रेतीलाई नगद रु पाँच हजार र प्रमाणपत्रले पुरस्कृत गर्नुभयाे । डिभिजन वन कार्यालय तनहुँकाे नर्सरी व्यवस्थापनमा सहायक वन अधिकृत उप्रेतीकाे महत्वपूर्ण याेगदान रहेकाे छ । उहाँ हालै मात्रै सेवा निवृत्त हुनुभएकाे थियाे ।
डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले उप्रेतीकाे मिहिनेतबाट कार्यालयकाे नर्सरी प्रदेशमै उत्कृष्ट हुन सफल भएकाे बताउनुभयाे । कार्यालय गत वर्ष पनि नर्सरी व्यवस्थापनमा उत्कृष्ट घाेषित भएकाे थियाे ।
गण्डकी प्रदेशका एघार जिल्लामा रहेका डिभिजन वन कार्यालयमध्ये तनहुँले सबैभन्दा बढी बिरुवा उत्पादन गर्ने गरेको छ । कार्यालयले जिल्लाका विभिन्न स्थानमा रहेका नर्सरीमा बिरुवा उत्पादन गरेर जिल्लाभित्र र बाहिर वितरण गर्ने गरेको छ ।