


तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँको जिल्ला विस्तारित बैठक असोज ७ गते दमौलीमा आयोजना हुने भएको छ।
बैठकमा रास्वपाका महामन्त्री विपिन आचार्य प्रमुख अतिथिका रूपमा सहभागी हुने रास्वपा तनहुँका सहसचिव दुर्गाकुमार श्रेष्ठले जानकारी दिए।
श्रेष्ठका अनुसार बैठकमा जिल्लाको सांगठनिक अवस्था, आगामी कार्यदिशा तथा पार्टी गतिविधिका विषयमा छलफल हुनेछन्।