बन्दीपुरमा रेबिज विरुद्ध खोप लगाउन शुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    बन्दीपुरमा रेबिज विरुद्ध खोप लगाउन शुरु

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    तनहुँ । तनहुँकाे बन्दीपुर गाउँपालिकाले घरपालुवा कुकुरलाई रेबिज विरुद्धको खोप लगाउन शुरु गरेको छ । गाउँपालिकाले वडा नं १ बाट बुधबार रेबिज विरुद्धको खोप लगाउन शुरु गरेको हो ।

    गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले उक्त अभियानको शुभारम्भ गर्नुभयो । वडा नं १ मा ५८ कुकुरलाई रेबिज विरुद्धको खोप लगाइएको वडाध्यक्ष भानुभक्त पोख्रेलले जानकारी दिनुभयाे । उहाँका अनुसार अहिले घरपालुवा कुकुरलाई मात्रै उक्त खोप लगाइनेछ । “भुस्याहा कुकुर समाउने संयन्त्र नभएकाले भुस्याहा कुकुरलाई अहिले उक्त खोप लगाउन सकिएन,” पोख्रेलले भन्नुभयाे ।

    प्रत्येक वडाका टोल टोलमा पुगेर कुकुरलाई रेबिज विरुद्धको खोप लगाउने र यो अभियान एक हप्तासम्म सञ्चालन हुनेछ । कुकुरलाई रेबिज विरुद्धको खोप लगाउनका लागि गाउँपालिकाले चार जना प्राविधिक खटाएको छ ।  गाउँपालिकाका पशु शाखाका प्रमुख मधु न्यौपानेले शाखाबाट नियमित रुपमा रेबिज विरुद्धको खोप लगाइएको भएपनि सर्वसाधारणको सहजताका लागि टोल टोलमा पुगेर खोप लगाइदिन थालिएको जानकारी दिनुभयाे ।

    रेबिज शत प्रतिशत प्राणघातक रोग हो । नेपालमा करीब २०० बिरामीको रेबिजका कारण वर्षेनी मृत्यु हुने गरेकाे छ । शुरूमा जनावरको र्‍यालमा रहेका भाईरस जनावारको टोकाइबाट घाऊमा पुग्छ। यो भाईरस रगत र लिम्फ बाट नभै छाला मुनिको भित्रि तन्तु र मांसपेशी हुंदै परिधीय स्नायु,मेरुदण्ड र अन्त्यमा गिदी सम्म पुग्दछ। गिदीमा सङ्कक्रमण भएपछी मात्र विशेष लक्षणहरु देखिन्छन । अन्त्यमा गिदिका मसिना स्नायु बाट भाईरस र्याल ग्रन्थी, छाला, आँखाको कोर्निया र अन्य अंगहरुमा पुग्दछ । र यस्ता सन्क्रमित जनावारले टोक्दा र्याल ग्रन्थिमा भएको भाईरस फेरी अर्को जनावारको शरीरमा प्रबेश गर्दछ ।