फरार प्रतिवादी पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    फरार प्रतिवादी पक्राउ

    खबरपुञ्ज संवाददाता

    १३ श्रावण २०७७, बुधबार

    तनहुँ । प्रहरीले चोरी मुद्दाका एक फरार प्रतिवादीलाई चार वर्षपछि बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा व्यास नगरपालिका–१० खहरे बस्ने २० वर्षीया अन्जु दरै रहेको प्रहरीले जनाएको छ । जिल्ला अदालतले दरैलाई विसं २०७३ साल पुस ७ गते एक महीना कैद र रु ४१ हजार ७ सय ६० जरीवानाको फैसला सुनाएको थियो । निजले १८ दिन कैद र रु ४१ हजार ७ सय ६० जरीवाना भुक्तान गर्न बाँकी रहेकाले उनलाई आजै जिल्ला कारागार कार्यालय कास्की पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सनाले जानकारी दिनुभयाे ।

    विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तिहरुको खोजीकार्यलाई प्रहरीले तीव्र पारेको छ ।