खाली भयो आदिकविको आइसोलेशन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    खाली भयो आदिकविको आइसोलेशन

    खबरपुञ्ज संवाददाता

    १३ श्रावण २०७७, बुधबार

    तनहुँ । कोरोना सङ्क्रमितको उपचारका लागि निर्माण गरिएको तनहुँको व्यास नगरपालिका-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको आइसोलेशन खाली भएको छ । आइसोलेशनमा उपचाररत तीन कोरोना सङ्क्रमित बुधबार निको भएर घर गएसँगै आइसोलेशन खाली भएको हो ।

    बुधबार व्यास नगरपालिकाका तीन जनालाई घर पठाइएको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो । साथै एक जना कोरोना सङ्क्रमितलाई

    शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र पठाइएको छ । “सबै कोरोना सङ्क्रमित निको भएर घर गएपछि एक जना मात्रै सङ्क्रमित थिए, जिपीमा ठाउँ भएकाले उहॉलाई त्यता पठाएर आइसोलेशन खाली गरेका छौ ।”

    आदिकविको आइसोलेशनमा व्यास नगरपालिका, भानु नगरपालिका, म्याग्दे गाउँपालिका र ऋषिङ गाउँपालिकाका ५२ कोरोना सङ्क्रमित उपचाररत थिए ।