नेपाल एकीकरणमा अमरसिंको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री गुरुङ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    नेपाल एकीकरणमा अमरसिंको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री गुरुङ

    खबरपुञ्ज संवाददाता

    १६ श्रावण २०७७, शुक्रबार

    पाेखरा । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको एकीकरणमा राष्ट्रिय विभूति अमरसिंह थापाको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ । अमरसिंह थापाको २०४ औ स्मृति दिवसको अवसरमा शुक्रबार मुख्यमन्त्री गुरुङले थापाको वीरताबाट पाठ सिक्दै राष्ट्रिय एकता र अखण्डताको रक्षाका लागि निरन्तर लाग्ने प्रेरणा लिनुपर्ने उल्लेख गर्नुभयो ।

    राष्ट्रिय अखण्डतालाई सर्वोपरी ठानी अक्षुण्ण राख्नु र राष्ट्रको गौरवमय इतिहास र संस्कृतिको जगेर्ना र रक्षा गर्नु आम नागरिकको जिम्मेवारी रहेको मुख्यमन्त्री गुरुङको भनाई छ ।  नेपालको एकीकरण अभियान र वैरीसँगको युद्धमा अतुलनीय र उल्लेखनीय योगदान पु¥याउनुभएका थापाको जन्म विसं १८०८ साउन १२ गते जनैपूर्णिमाको दिन गोरखाको सिरानचोक गाउँपालिका–६ मा भएको थियो । उहाँको मृत्यु विसं १८७३ साउन १६ गते गोसाइँकुण्डमा भएको थियो ।

    नेपाल एकीकरणको अभियानमा बाबु बाघ भीमसिंह थापाको भक्तपुरको युद्धमा मृत्यु भएपछि बाबुको बलिदानीबाट प्रभावित हुनुभएका पृथ्वीनारायण शाहले अमरसिंह थापालाई आठ वर्षकै उमेरमा सैनिक तालिमको प्रबन्ध गर्नुभएको थियो भने १७ वर्षको उमेरबाटै एकीकरण अभियानमा हिँडेर अनवरत रुपमा नेपाल आमाको सेवामा अनेक युद्धमा होमिनुभएको थियो ।