पाेखरा । कास्कीकाे मादी गाउँपालिका-९ मुग्रीबेसी स्थायी बसोबास भई पोखरा महानगरपालिका–२९ भण्ढारढिक आदर्श चोक बस्दै आउनुभएका ६६ वर्षीय गिरीधारी दवाडी हराएको नौ दिनसम्म पनि फेला नपरेपछि परिवारका सदस्य चिन्तामा छन् ।
यही साउन ८ गते बिहान ४.०० बजेदेखि परिवार एवम् आफन्तजनको सम्पर्कमा नरहनुभएका दवाडीको खोजी गरि राखिएपनि हालसम्म कुनै जानकारी पाउन नसकिएको उहाँका छोरा सुरेन्द्र दवाडीले जानकारी दिनुभयो । परिवार एवम् आफन्तजनको सम्पर्कमा नआएपछि प्रहरीमा सोही दिन खबर गर्नुका सम्भाव्य स्थानमा खोजी कार्य जारी राखिएको उहाँले बताउनुभयो । कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालय वा ९८०६५३८६९१ मा खबर गरिदिन परिवारजनले अनुरोध गरेका छन् ।