पाेखरा । लायन्स क्लव अफ पोखरा चौतारीले स्थापनाको २३ वर्ष पुगेको अवसरमा शुक्रबार पोखरामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । क्लवले पोखरा–१० रामघाट लक्ष्मीनारायण मन्दिर परिसरमा वृक्षारोपण गरेको कार्यक्रम संयोजक अशोक श्रेष्ठले जानकारी दिनुभयाे ।
क्लवकाे वार्षिक कार्यक्रम अन्तरगत गरिएको वृक्षरोपणमा अमला, बर, पिपल, राजवृक्ष, अशोक, गुलमोहर, निम, कल्की फुल लगायतका एक सय थान विरुवा रोपिएको छ । कार्यक्रममा मल्टिपल कोर्डिनेटर (एफडब्ल्यूसी) दीपक श्रेष्ठले वातावरण संरक्षणमा वृक्षको महत्व भएकाले रोपिएका विरुवाकाे संरक्षणमा क्लव तथा स्थानीयले पहल गर्नुपर्ने बताउनुभयाे ।
क्लवका अध्यक्ष गुरुप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा डिष्ट्रिक सिनियर (एओजी) डी.आर पोखरेल, क्लवका पूर्व अध्यक्ष अर्जुन बञ्जरा, निर्वतमान अध्यक्ष मोहनबाबु खड्का लगायतले वृक्षरोपण तथा क्लवका गतिविधिमाथि प्रकाश पार्नुभएकाे थियाे ।