फेसबुकबाट जुट्यो सहयोग (भिडियो सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    फेसबुकबाट जुट्यो सहयोग (भिडियो सहित)

    खबरपुञ्ज संवाददाता

    १८ श्रावण २०७७, आईतवार

    तनहुँ/ साउने झरी, दिनरातनभनी वर्षिरहेको छ । ओत लाग्ने घर भत्किएपछि शुक्लागण्डकी नगरपालिका–१२ ओझाका युवराज गुरुङले गाउँलेको सहयोगमा घर बनाउँदै थिए । आर्थिक अभावले घर निर्माण तत्कालै सक्ने अवस्था थिएन। असार अन्तिम साता आएको बाढी पहिरोले पु¥याएको क्षतिको अनुगमनका लागि घरघरै पुग्दा वडाध्यक्ष मनराज गुरुङले युवराजको परिवारको विजोग अवस्था देख्नुभयो ।

    ओतलाग्ने घर बन्दै थियो । छानो हाल्न सक्ने स्थिति थिएन् । बन्दै गरेको घरको गाह्रो पनि उल्टै ढल्ने पो होकी भनेर वडाध्यक्ष गुरुङले वडा कार्यालयमार्फत् छानो छाउनका लागी तत्कालै ३० पाटा तीनको व्यवस्था गरिदिनुभयो ।

    झरी बादलमा ओत्ने घरमा टिन त वडा कार्यालयले हालिदियो । तर,घरमा विस्तारा र ओढ्ने ओछ्याउने केही थिएन । वर्षाको बेला चिसो भुइँमा एक वर्षे छोरीलाई लिएर युवराजकी श्रीमती लुकमाया सुत्ने थाहा पाएपछि वडाध्यक्ष गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत सहयोगको आह्वान गर्नुभयो । त्यसपछि वडाध्यक्षलाई सहयोग गर्ने वचन धेरैको आए । फेसबुकको माध्यमबाट युवराजको परिवारलाई जुटेको सहयोग शनिबार हस्तान्तरण गरिएको छ ।

    दाताले पठाएको सहयोगसंगै लुकमाया गुरुङ र उहाँकी एक बर्षिया छोरी ।

    दुई थान खाट र विस्तारा सहयोग आह्वान गरेकामा पोखरा रोयल सहकारी संस्थाकाकार्यकारी निर्देशक भिम गुरुङ र पोखरा निवासी विनु गुरुङले एक/एक थान पलङ, शुक्लागण्डकी नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख नवराज पण्डितले दुई थान ब्ल्यांकेट र झुल, शुक्लागण्डकी नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमालले प्रेसर कुकर र कराई एक/एक थान, शुक्लागण्डकी नगरकार्यपालिका सदस्य गीता महतले दुई थान डसना, दुलेगौँडाका युवा व्यवसायी ऋषेश्वर भुवाई ऋृतुले थाल, कचौरा, गिलास र चम्चा चार/चार थान, तथा अंखरा र दिउरी एक÷एक थान सहयोग गर्नुभएको थियो ।

    उक्त सामग्री वडाध्यक्ष गुरुङले युवराजकी श्रीमती लुकमायालाई हस्तान्तरण गर्नुभयो । ती सामग्रीसँगै लामागाउँका रेशमलाल गुरुङले उपलब्ध गराएको नगद रु १० हजार पनि हस्तान्तरण गरेको उहाँले बताउनुभयो ।

    चिसो भुइँमा रात काट्दै आउनुभएकी लुकमाया पलङ, ओढ्ने ओछ्याउने र भाडावर्तन सहयोग पाएपछि खुशी हुनुभएको छ । सहयोगी सबैप्रति उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।

    भिडियाे हेर्नुहाेस्-