मृतकको सम्झनामा पसलेमा गाईजात्रा निकालिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    मृतकको सम्झनामा पसलेमा गाईजात्रा निकालिने

    खबरपुञ्ज संवाददाता

    १७ श्रावण २०७७, आईतवार

    तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–३ पसलेस्थित अकला नेवा समाजले मङ्गलबार गाईजात्रा निकाल्ने भएको छ । समाजका सदस्य स्व. नारायणकुमार श्रेष्ठको सम्झनामा समाजले गाईजात्रा निकाल्न लागेको हो ।

    मृतकको सम्झना एवं चीरशान्तिको कामना गर्दै गाईजात्रा निकाल्न लागिएको समाजका अध्यक्ष रत्नकुमार श्रेष्ठले जानकारी दिनुभयो । समाजमा आबद्ध सदस्यहरुको मृत्यु भएमा उनीहरुको सम्झनामा समाजले गाईजात्रा निकाल्दै आइरहेको छ । यस पटकको गाईजात्रा छैटौ रहेको श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार मृतकको घरबाट निकालिने गाईजात्रालाई बजार परिक्रमा गराइनेछ । समाजमा ४४ घर आबद्ध छन् ।

    ऐतिहासिक प्रमाण अनुसार पुत्रशोकले भावविह्वल भएकी रानीलाई ‘दुनियाले पनि यस्तै शोक बेहोर्नु पर्छ भन्ने देखाउन राजा प्रताप मल्लले जनतालाई आ–आफ्ना मृतक आफन्तका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गर्न लगाएर रानीको शोक कम गर्न गाईजात्राको प्रचलन शुरु गरेका हुन् भनिँदै आएको छ ।

    गाईजात्रा पर्वको दिन दिवङ्गत आत्माहरुको सम्झनामा पाए गाईनै र नपाए मानिसलाई गाईको रुपमा सिङ्गारपटार गरेर शहर परीक्रमा गराएर मनाईन्छ । भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिहरूप्रति व्यङ्ग्यात्मक प्रदर्शन र नाचगान पनि गरिन्छन् ।

    साङ्केतिक तस्वीर