चाडपर्वले सामाजिक सदभाव कायम गराउँछ : मुख्यमन्त्री गुरुङ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    चाडपर्वले सामाजिक सदभाव कायम गराउँछ : मुख्यमन्त्री गुरुङ

    खबरपुञ्ज संवाददाता

    १८ श्रावण २०७७, सोमबार

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले चाडपर्वे सामाजिक सदभाव कायम गर्न सहयोग पुग्ने बताउनुभएको छ । जनैपूर्णिमाको अवसरमा सोमबार शुभकामना दिँदै मुख्यमन्त्री गुरुङले नेपालमा विभिन्न जातजाति तथा समुदायले मनाउने यस्ता मौलिक चाडपर्वहरुले सामाजिक सद्भाव एवं सांस्कृतिक सह-अस्तित्व अभिवृद्धि गरी विभिन्न समुदाय र सम्प्रदाय बीचको एकतालाई दरिलो बनाउनुका साथै हाम्रो राष्ट्रिय एकतालाई सुदृढ गर्न मद्दत पुर्‍याउँदै आइरहेको बताउनुभयो ।

    यस पर्वले गण्डकी प्रदेशमा रहेका सबै जातजाति तथा समुदायबीच आपसी सद्भाव प्रगाढ बनाइ आर्थिक, सामाजिक एवं सांस्कृतिक रुपले समृद्ध प्रदेश निर्माण गर्न पद्दत पुग्ने विश्वास लिएको गुरुङले उल्लेख गर्नुभयो ।

    लकडाउन हटेपनि कोभिड-१९ को संक्रमण नहटेको हुँदा आवश्यक सुरक्षा र सजकता अपनाउन गुरुङले आग्रह गर्नुभयो ।