एक वर्षदेखि पृथ्वीराजमार्गमा वेवारिसे महिलाको उद्धार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    एक वर्षदेखि पृथ्वीराजमार्गमा वेवारिसे महिलाको उद्धार

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ मा एकवर्षदेखि वेवारिसे एक महिलाको उद्धार गरिएको छ । राजमार्ग छेउछाउ अलपत्र अवस्थामा बस्दै आएकी महिलाको बन्दीपुर गाउँपालिका–५ को समन्वयमा सोमबार उद्धार गरिएको हो ।

    ती महिलालाई उद्धार गरी उपचारका लागि कोशिस नेपालको कार्यालय ललितपुर पठाइएको वडाध्यक्ष धु्रवप्रसाद लामिछानेले जानकारी दिनुभयो । “एक वर्षदेखि राजमार्ग आसपासमै अलपत्र अवस्थामा बस्दै आउनुभएका उहाँलाई कोशिस संस्थासँग सम्पर्क गरी उद्धार गरेर पठाएका छौ,” लामिछानेले भन्नुभयो ।

    लामिछानेका अनुसार शनिबार उक्त महिलाको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो । कोरोनाको रिपोर्ट नेगेटिभ आएकाले बन्दीपुर गाउँपालिकाकै सवारीमा उहाँलाई काठमाडाै पठाइएकाे छ । “उहाँको उपचारका लागि कोशिश नामक संस्थासँग सम्पर्क गरेका थियौ, उक्त संस्थाले उपचारको व्यवस्था मिलाउने प्रतिबद्धता जनाएपछि ती महिलालाई उद्धार गरेर पठायौ,” लामिछानेले भन्नुभयो ।

    राजमार्ग आसपासमै बस्ने ती महिलालाई स्थानीयवासीले खानाको व्यवस्था गर्दै आएका थिए । नामथर र घर बताउन नसक्ने ती महिलाको विस्तृत विवरण जानकारी नभएको लामिछानेले बताउनुभयो । “बोल्न त सक्नुहुन्छ, तर आफ्नो बारेमा केही भन्न सक्नुहुन्न, बुझिए अनुसार उहाँको घर लमजुङ हो की भन्ने छ,” उहाँले भन्नुभयो ।