कास्की र स्याङ्जामा थपिए पाँच सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    कास्की र स्याङ्जामा थपिए पाँच सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    १९ श्रावण २०७७, सोमबार

    पाेखरा । गण्डकी प्रदेशकाे कास्की र स्याङ्जा जिल्लामा साेमबार पाँच जना काेराेना सङ्क्रमित थपिएका छन् । कास्कीमा चार र स्याङ्जामा एक जनामा काेराेना पुष्टि भएकाे स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

    निर्देशक डा. विनाेदविन्दु शर्माका अनुसार कास्कीकाे पाेखरा महानगरपालिकाका १९, २३, ३६, ३९ र स्याङ्जाकाे हरिनास गाउँपालिकाका २९ वर्षीय पुरुषमा काेराेना सङ्क्रमण भएकाे हाे ।

    No photo description available.

    यससँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ५ सय २९ पुगेको छ | यस्तै गण्डकी प्रदेशमा कोरोनको सङ्क्रमणबाट निको हुनेको सङ्ख्या १ हजार ३ सय ३० रहेकाे छ ।