पहिरो प्रभावितको दीर्घकालीन व्यवस्था मिलाइन्छ : मुख्यमन्त्री गुरुङ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    पहिरो प्रभावितको दीर्घकालीन व्यवस्था मिलाइन्छ : मुख्यमन्त्री गुरुङ

    खबरपुञ्ज संवाददाता

    १९ श्रावण २०७७, सोमबार

    लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पहिराे प्रभावितकाे दीर्घकालिन व्यवस्था मिलाउन प्रदेश सरकार प्रतिबद्ध रहेकाे बताउनुभएकाे छ । साउन ५ र गतेकाे पहिराेले लमजुङकाे मर्स्याङ्दी गाउँपालिका-३ पल्लाेटारीमा पहिराेले पुर्याएकाे क्षतितकाे साेमबार निरीक्षण गर्दै मुख्यमन्त्रीले उक्त प्रतिबद्धता जनाउनुभएकाे हाे ।

    Image may contain: 3 people, people standing and outdoor

    पहिराेले यहाँकाे २२ घर पूर्ण क्षति भएकाे छ भने ३२ घरमा आंशिक क्षति पुगेकाे छ । २९ घर जोखिममा छन् । पहिरो प्रभावितको अस्थायी बसोबासका लागि अनेरास्ववियु र युवा सङ्घले १४ वटा कोठाको अस्थायी टहरा निर्माण गरेका छन् । तत्कालको राहतका लागि पहिरो प्रभावितलाई साेमबार ती अस्याथी टहरा हस्तान्तरण गरिएकाे छ ।